नर्भिकले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

आश्विन २, २०८२ |कान्तिपुर टीभी संवाददाता
नर्भिकले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

उक्त सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको हाे ।

नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सन् १९९३ मा ३० शैयाको सामान्य सुविधाको रुपमा आफ्नो यात्रा सुरु गरेको थियो र अहिले २०० शैयाको बहु-विशेषज्ञ अस्पतालको रुपमा सञ्चालनमा छ । 

यो ३०० शैयाको अस्पतालमा स्तरोन्नति गर्ने प्रक्रियामा छ । अस्पतालले अत्याधुनिक पूर्वाधार, चिकित्सा प्रविधि तथा दक्ष जनशक्तिका साथ विश्वस्तरीय स्वास्थ्य सेवा दिँदै आएको जनाएकाे छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.