कान्तिपुरकर्मी आचार्यसहित ११ पत्रकार सम्मानित

आश्विन २, २०८२ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुरकर्मी आचार्यसहित ११ पत्रकार सम्मानित

काठमाडौं । वातावरण पत्रकार समूहले वातावरण संरक्षण, दिगो विकास र जलवायु परिवर्तनको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै कान्तिपुर टेलिभिजनका सह-सम्पादक विकास आचार्यसहित ११ पत्रकारलाई सम्मान गरेको छ ।

समूहको ४०औं साधारण सभाको अवसरमा बिहीबार आचार्यसहित ११ पत्रकारलाई प्रशंसापत्रसहित सम्मान गरिएको हो । आचार्यले वातावरण तथा जलवायु परिवर्तन, वन तथा जैविक विविधता संरक्षण र दिगो विकासको क्षेत्रमा कलम चलाउँदै आउनु भएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.