मुकुन्दराज शर्माको 'धोबीघाट मेलोडी' बजारमा

कार्तिक १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
मुकुन्दराज शर्माको 'धोबीघाट मेलोडी' बजारमा

काठमाडौं । शिक्षासेवी एवम् साहित्यकार मुकुन्दराज शर्माको निबन्धको नयाँ किताब 'धोबीघाट मेलोडी' सार्वजनिक भएको छ ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु मर्हजन, वरिष्ठ समालोचक प्राडा दयाराम श्रेष्ठ, गीतकार एसपी कोइराला, शिक्षासेवी उमेश श्रेष्ठ लगायतले शर्माको नयाँ किताव 'धोबिघाट मेलोडी' संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।

लेखकका पिताको मृत्युका कारण उत्पन्न प्रभाव, छटपटी र जीवनका भोगाइका अनेकन घटनालाई संश्लेषण गरि लेखिएको निबन्धमा संग्रहमा समसामयिक हास्यव्यंग्य, गद्यशैली र वैचारिक स्पष्टता पाइने कार्यक्रमका वक्ताहरुले बताए ।

कार्यक्रममा सहभागी निबन्धकार श्रीओम श्रेष्ठ रोदन, कुमारी लामालगायतले शर्माको धोबीघाट मेलोडी कृतिले नेपाली साहित्य निबन्ध क्षेत्रमा नौलो आयाम कायम गर्न सफल भएको टिप्पणी गरेका छन् । कामना पब्लिकेशनले प्रकाशित गरेको आत्मपरक निबन्ध 'धोबीघाट मेलोडी'मा अनुभूति र चिन्तनका २८ वटा निबन्ध समावेश छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.