भक्तपुरमा तीन दिने ‘मध्यपुर महोत्सव २०८१’ हुने

आश्विन १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
भक्तपुरमा तीन दिने ‘मध्यपुर महोत्सव २०८१’ हुने

भक्तपुर । मध्यपुर थिमी नगरपालिकामा आगामी पुस १२ देखि १४ गतेसम्म तीन दिने मध्यपुर महोत्सव हुने भएको छ ।

महोत्सवमा मध्यपुरथिमीको पहिचान झल्काउने सांस्कृतिक प्रस्तुतिका साथै यहाँको पेसा, व्यवसाय, मौलिक उत्पादन, हस्तकला, माटोका भाँडा, सेरामिक्सलगायत प्रदर्शन गरिने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।

नगरपालिकामा आन्तरिक र बाह्य पर्यटक भित्राउने र प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको नगरप्रमुख श्रेष्ठको भनाइ छ । महोत्सवको तयारी मूल आयोजक समिति गठन गरी मध्यपुरथिमि सम्पूर्ण क्षेत्रमा विविध कार्यक्रम आयोजना हुने प्रमुख श्रष्ठले बताउनु भयो ।

संघिय सांसद दुर्लभ थापाले महोत्सवको सचिवालयको शुक्रबार उद्घाटन गर्नु भयो । सचिवालयको उद्घाटन गर्दै सांसद थापाले मध्यपुर थिमीलाई विकास गर्न सानो थिमीलाई शैक्षिक, सांस्कृतिक र व्यापारिक क्षेत्रगरि तीन समूहमा अगााडि बढाउनु पर्नेमा जोड दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement