माओवादी आक्रमणमा परेका पूर्वउपरथी क्षेत्रीको पुस्तक सार्वजनिक

श्रावण १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
माओवादी आक्रमणमा परेका पूर्वउपरथी क्षेत्रीको पुस्तक सार्वजनिक

काठमाडौं । नेपाली सेनाका अवकाश प्राप्त उपरथी रमीन्द्र क्षत्रीले ४० वर्षे सैन्य जीवन सम्बन्धी पुस्तक 'जीवन सुन्दर छ' सार्वजनिक गर्नु भएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले आज काठमाडौंमा पुस्तक सार्वजनिक गर्दै क्षेत्री सैनिक जीवनमा कहिल्यै हार नमान्ने व्यक्ति भएको बताउनु भयो । २०६० साल भदौ ११ गते सामाखुशीस्थित आफ्नै निवास छेउमा तत्कालीन माओवादीको आक्रमणमा परेका क्षत्रीको त्यसयता आधा शरीर नचल्ने अवस्थामा छ । सोही दिन माओवादीकै आक्रमणमा परेका तत्कालीन प्रमुख सेनानी किरण बस्नेतको भने निधन भएको थियो ।

आधा शरीर नचल्ने अवस्थामा भए पनि आफूले व्यहोरेको कष्ट र आत्मबल समेत समेटेर पुस्तक ल्याएको उहाँले बताउनु भयो । पुस्तकमा सात खण्ड गरेर माओवादीले आक्रमण गर्दादेखि दरवारसँग जोडिएका घटनासमेत समेटिएको छ । उहाँले आफूमाथि भएको आक्रमण न्यायिक निरुपणको विषय भएको बताउनुभयो ।

क्षेत्रीको परिवारका तिन दाजुभाईले नै सैनिक जीवनबाट आवकाश पाइसक्नु भएको छ । उहाँका भाइ राजेन्द्र क्षेत्री प्रधानसेनापति हुनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement