संसदमा रास्वपाको नाराबाजी, गृहमन्त्रीको गर्जन, त्रिविको ढोकाढोकामा ताल्चा | Kantipur Samachar | 30 Jestha

जेष्ठ ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसदमा रास्वपाको नाराबाजी, गृहमन्त्रीको गर्जन, त्रिविको ढोकाढोकामा ताल्चा | Kantipur Samachar | 30 Jestha

आजका मुख्य समाचार,

* माओवादीसँग अमूर्त सहमति गरेर कांग्रेस-एमालेले खोले प्रतिनिधि सभा बैठक / भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको मागमा रास्वपा अडिग / लेखकको जवाफ- म निर्दोष छु ।

* त्रिभुवन विश्वविद्यालयमा स्वार्थै–स्वार्थका ताल्चा / माग पूरा गराउन ढोका-ढोकामा ताला ठोक्दै विद्यार्थीदेखि प्राध्यापक / विश्वविद्यालय पदाधिकारी चेपुवामा ।

* मनसुन भित्रिइसक्दा पनि विपद् व्यवस्थापनको पूर्वतयारीमा तीनै तहका सरकारको हेलचेक्र्याइँ / स्रोत–साधन नै नपाएको सुरक्षा संयन्त्रको गुनासो / स्थानीय सरकारलाई देखाएर प्राधिकरण पन्छिँदै ।

* इजरायल र इरानबीचको तनावले युद्धको मोड लिँदै / करिब सय ड्रोनमार्फत् तेहरानको प्रत्याक्रमण / मध्यपूर्वी देशमा सुरक्षा सतर्कता, तेलको मूल्य पनि अकाशियो ।

* छब्बिस स्वर्णसहित राष्ट्रपति रनिङ खेलकुदमा बागमती प्रदेश च्याम्पियन / अनिशा र प्रविणलाई चार-चार स्वर्ण / एथलेटिक्समा मात्र ९ कीर्तिमान ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.