आजका मुख्य समाचार,
* देशभरका १५ हजार सामुदायिक विद्यालय बन्द हुने अवस्थामा / १० हजार विद्यालयमा ५० भन्दा कम विद्यार्थी / सामुदायिक शिक्षा धराशायी बनेको सरकारकै स्वीकारोक्ति ।
* ५२ संवैधानिक नियुक्तिविरुद्धको बहुप्रतिक्षित मुद्दाको निर्णय आज पनि आएन / न्यायाधीशहरू छलफलमै रहेको भन्दै निर्णय सुनाउने मिति असार १८ लाई सारियो ।
* समाचार हटाउन अदालतले दिएको आदेश र पत्रकारविरुद्ध पक्राउ पूर्जीको चौतर्फी आलोचना / संविधानको मर्मविपरित भएको पत्रकार महासंघको निष्कर्ष ।
* चीनसँग व्यापार सम्झौतामा सहमति भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा /
अमेरिकाले चीनबाट आयात हुने वस्तुमा ५५ प्रतिशत र चीनले १० प्रतिशत कर लगाउने सहमति ।
* राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको १५ औं संस्करण सुरु / ६६ स्वर्ण पदकका लागि ६ सय ८६ खेलाडी प्रतिस्पर्धामा / पहिलो दिन एथलेटिक्स जुनियरतर्फ २ नयाँ कीर्तिमान ।