१०८ वर्षको उमेरमा मताधिकार प्रयोग गर्नु भएकी जानकीदेवी महरा सम्मानित

फाल्गुन २९, २०८२ |विकास आर्या
१०८ वर्षको उमेरमा मताधिकार प्रयोग गर्नु भएकी जानकीदेवी महरा सम्मानित

महोत्तरी । गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा १०८ वर्षको उमेरमा मताधिकार प्रयोग गर्नु भएकी जानकीदेवी महरालाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले सम्मान गरेको छ । 

महोत्तरीको जलेश्वर नगरपालिका–५ चौरियाकी १०८ वर्षीया जानकीदेवीले लोकतन्त्रप्रतिको आफ्नो जिम्मेवारी मताधिकारको प्रयोग गर्नु भएकोले उहाँलाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले सम्मान गरेको हो ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले खाद्यान्न सामग्री प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरेको हो ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।