पाल्पाका तीन युवाद्वारा ११ दिने महाकाली-मेची साइकल यात्रा सुरू

शान्तिको सन्देश विश्वभर फैलाउने उद्देश्य
फाल्गुन २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
पाल्पाका तीन युवाद्वारा ११ दिने महाकाली-मेची साइकल यात्रा सुरू

पाल्पा । शान्तिको सन्देश विश्वभर फैलाउने उद्देश्यसहित पाल्पाका तीन युवाले ११ दिने महाकाली-मेची साइकल यात्रा सुरू गरेका छन् । 

पाल्पाका २५ वर्षीय शान्तम थैब, ३७ वर्षीय विज्ञान बज्राचार्य र २४ वर्षीय सुविनमान बज्राचार्यले साइकल यात्रा सुरू गरेको पाल्पा साइक्लिङ संघले जानकारी दिएको छ । 

पश्चिमी सिमाना महाकाली चाँदनी दोधाराबाट साइकल यात्रा सुरू भएको यात्रा मेचीनदी पुगेर सम्पन्न हुनेछ । महाकाली देखि मेचीसम्मको साइकल यात्रामा यात्रीहरूले ११ सय किलोमिटर दूरी तय गर्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.