आजका मुख्य समाचार,
* डेढ महिना लामो रस्साकस्सीपछि राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त / पौडेल सामु केन्द्रीय बैंकलाई राजनीतिको छायाबाट मुक्त राख्दै अर्थतन्त्र चलायमान बनाउने चुनौती ।
* सत्तारुढ दलभित्रै असन्तुष्टि बढिरहँदा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा तैँ चुप मै चुपको रणनीतिमा / गठबन्धनको उकुसमुकुसबीच नियुक्ति र सरुवा-बढुवामै अल्झियो सरकार ।
* बजेटमार्फत कर बढ्ने आशंकामा धमाधम विद्युतीय गाडी भित्र्याउँदै व्यवसायी / १० महिनामा १० हजार आयात / उपभोक्ताको मागअनुसार नै ल्याइएको व्यवसायीको दाबी ।
* गाजामा सैन्य कारवाही रोकेर मानवीय सहायता प्रवेश खुला नगरे इजरायलविरुद्ध प्रतिबन्ध लगाउने बेलायत, फ्रान्स र क्यानडाको चेतावनी / तत्काल बन्धक रिहा गर्न हमासलाई आग्रह ।
* पुरुष क्रिकेट टिम टी-२० विश्वकपमा पुगेपछि सरकारले दिने भनेको तयारी खर्च क्यानले अझै पाएन / ५ करोडमा अहिलेसम्म १ करोड ७५ लाख मात्र पाएको सचिव खड्काको दाबी ।