
भोजपुर । भोजपुर कारागार मतदान सम्पन्न भएको छ ।
४६ जना मतदाता रहेको कारागारमा ४६ जनाले नै मतदान गरेका छन् । जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र सुवेदीकाअनुसार मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । त्यस्तै, जिल्लाभरि अहिलेसम्म ३२ प्रतिशत मत खसेको छ । बिहान सात बजेबाट सुरू भएको मतदानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
भोजपुरमा कुल एक लाख २५ हजार सात सय ६६ जना मतदाता कायम छ भने ८७ वटा मतदान स्थल र अस्थायीसहित एक सय ६१ मतदान केन्द्र कायम गरिएको छ ।