
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सोविता गौतम चितवन-३ बाट ५९ हजार २ सय ७७ मतसहित प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएकाे छ ।
उहाँकी निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार रेनु दाहालले २० हजार ६१५ मत ल्याउनुभयाे । सोविता ३८ हजार ६ सय ६२ मतान्तरले निर्वाचित हुनुभएकाे हाे । चितवन-३ मा नेपाली कांग्रेसका टेकप्रसाद गुरूङको आठ हजार ३ सय ४४ र नेकपा (एमाले)का शंकर थपलियाको पाँच हजार चार मत आयो ।
२०७९ को प्रतिनिधि सभा सदस्य पदमा यो निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विक्रम पाण्डे ३५ हजार ६० मत ल्याएर विजय हुनुभएकाे थियाे । यो पटक राप्रपाका उम्मेदवार रहेका दिपक थापा मगरको एक हजार २ सय २६ मत मात्रै आयो । यहाँ एक लाख ५३ मत खसेको थियो ।