नुवाकोट- १ मा प्रकाशशरण महतकाे अग्रता

फाल्गुन २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
नुवाकोट- १ मा प्रकाशशरण महतकाे अग्रता

नुवाकोट । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा पहिलोपटक नेपाली कांग्रेसका डा. प्रकाशशरण महतले अग्रता पाउनुभएकाे छ । 

ककनी र तादी गाउँपालिकाका मतगणना हुँदासम्म रास्वपाका बिक्रम तिमिल्सिनाले अग्रता लिँदै आएकोमा दुप्चेश्वर गाउँपालिकको मतगगणनापछि कांग्रेसका महतले झिनोमतले अग्रता लिनुभएकाे हाे । जसअनुसार नेपाली कांग्रेसका महतको ६ हजार ८ सय ८५ मत छभने रास्वपाका तिमिल्सिनाले ६ हजार ८ सय ७५ मतसहित दास्रो स्थानमा रहेको छ ।

त्यसैगरी नेकपाका हितबहादुर तमाङ ५ हजार २ सय ७८ मत प्राप्त गर्नुभएकाे छ भने एमालेका बद्री मैनालीले ३ हजार २ सय ५५ मत प्राप्त गर्नुभएकाे छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.