दाङ-२ मा रास्वपाका आचार्य विजयी

फाल्गुन २३, २०८२ |अमर क्षितिज भण्डारी
दाङ-२ मा रास्वपाका आचार्य विजयी

दाङ । प्रतिनिधि सभा निर्वाचन-२०८२ अन्तर्गत दाङ निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिनकुमार आचार्य विजयी हुनुभएको छ।

अन्तिम मतपरिणामअनुसार आचार्यले ४३ हजार ५ सय ५९ मत प्राप्त गर्दै विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले १५ हजार २ सय ८७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै नेपाली कांग्रेसका किरणकिशोर घिमिरेडले ११ हजार ५ सय ५८ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टीका निर्मल आचार्यले ७ हजार ८३ मत प्राप्त गर्नुभएको छ। दाङ-२ मा कुल ८२ हजार ३ सय ५ मत खसेको थियो ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।