आजका मुख्य समाचार,
* जलवायु संकट समाधानका लागि साझा प्रतिबद्धतापत्र जारी गर्दै सगरमाथा संवाद सम्पन्न / विकसित मुलुकका ठुला नेता नआउँदा हिमालका मुद्दा विश्वसामु स्थापित गर्न भने चुनौती ।
* काम गर्न एकल बहुमत चाहिने प्रधानमन्त्री ओलीको भनाइले सत्तागठबन्धनमा थप शंसय/ सरकारप्रति असन्तुष्ट कांग्रेसी नेताले संसद्मै उठाए राष्ट्रिय सहमतिको सरकारको बहस ।
* झ्याप्प-झ्याप्प बिजुली गएको भन्दै गृहिणीदेखि व्यवसायीसम्म आजित/ उद्योगी भन्छन्- बरु लोडसेडिङको तालिका देऊ/ वितरण लाईनमा आएको समस्या व्यवस्थापन गरिरहेको प्राधिकरणको दाबी ।
* हमास र इजरायलबीच कतारको दोहामा नयाँ वार्ता शुरु / ६० दिने युद्धविराम र ९ बन्धक रिहा गर्न हमास सहमत भएको दाबी ।
* आइपीएलमा पञ्जाव किङ्गस्द्वारा राजस्थान रोयल्स १० रनले पराजित/ दोस्रो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध टस जितेर गुजरात फिल्डिङमा ।