Kantipur Samachar | कान्तिपुर समाचार, ३ जेष्ठ २०८२

जेष्ठ ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ३ जेष्ठ २०८२

आजका मुख्य समाचार,

* स्रोत जुटाउन नसक्ने देखेपछि पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई सहभागि गराउने सरकारको तयारी / वैकल्पिक विकास वित्त विधेयक संसदमा / विकास निर्माण सहज हुने अपेक्षा ।

* सुशासन र समृद्धिको नारा लगाउने नेताहरु नै भ्रष्टाचार र अनियमिततामा / संघदेखि स्थानीय तहसम्मका जनप्रतिनिधि मुछिँदै / दलहरु भने आफ्नालाई जोगाउने ध्याउन्नमा ।

* उपसमितिले टुंग्याएको शिक्षा विधेयकमा आफ्ना कुरा नपरेको भन्दै फेरि रिसायो शिक्षक महासंघ / निजी विद्यालय सञ्चालकको पनि असन्तुष्टि / लगानी सुरक्षित गर्न माग ।

* गाजामा तत्काल स्थायी युद्धविराम गर्न इजरायलमाथि राष्ट्रसंघ र अरब मुलुकहरुको दबाब / बलपूर्वक प्यालेस्टिनीलाई स्थानान्तरण गर्ने योजनाको विरोध ।

* भारत-पाक संघर्षका कारण रोकिएको आईपीएल आज फेरि सुरु हुँदै / रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्स भिड्ने/ पानी परेपछि टसमा ढिलाइ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.