आजका मुख्य समाचार,
* संवादको पहल भइरहेका बेला आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप/ ६० शिक्षकसहित एक पत्रकार घाइते/ तीन दिनभित्र विद्यालय फर्काउन सर्वोच्चले दिएको आदेश भएन कार्यान्वयन ।
* सरकारको काम र निरन्तरताबारे सत्ता गठबन्धनभित्रै विश्वासको संकट/ नेताहरुकै फरक फरक अभिव्यक्तिले बढायो संशय/ कांग्रेस महामन्त्री थापाको टिप्पणीप्रति प्रधानमन्त्रीको आपत्ति ।
* राजनीतिक भागबन्डामा गिजोलिएको राष्ट्र बैंकले गभर्नरबिनै मनायो वर्षगाँठ / गठबन्धनले रोजेका गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न अर्थमन्त्रीको कामु गभर्नरलाई निर्देशन ।
* क्यानडामा सडक महोत्सव मनाउने क्रममा कारले कुल्चिँदा कम्तिमा ९ जनाको मृत्यु/ इरानको विष्फोटमा ज्यान गुमाउनेको संख्या २५ पुग्यो ।
* इन्डियन प्रिमियर लिग आईपीएलमा मुम्बई इन्डियन्सको लगातार पाँचौं जित/ लखनउ सुपर जायन्ट्स ५४ रनले पराजित/ दिल्ली र आरसीबीबीच प्रतिस्पर्धा जारी ।