काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकहरुको जारी आन्दोलनका कारण पूर्वनिर्धारित परीक्षाको मिति नजिकिँदै जाँदा प्रवेश पत्र लिन विद्यालय पुगेका १२ कक्षाका विद्यार्थी गेटबाटै निराश भएर फर्किनु परेको छ । शैक्षिक हड्तालले विद्यार्थीमा अन्यौल छाएको छ । नयाँ भर्नाका लागि पुगेका अविभावकले पनि विद्यालय लथालिङ्ग छाडेर शिक्षकहरूले राजधानी केन्द्रित आन्दोलन गरिरहेको मन पराएका छैनन् । हाम्रा सहकर्मीहरूले जिल्ला-जिल्लाबाट पठाएको रिपोर्ट ।