आजका मुख्य समाचार,
* कुलमान घिसिङ प्रकरणले संसद् ठप्प / प्रधानमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने विपक्षीको अडान / प्रधानमन्त्री भन्नुहुन्छ– नयाँ नियुक्ति नै जवाफ हो ।
* लुम्बिनीको सामर्थ्य कायम राख्न भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरोकारवालाको माग / लगानीको वातावरण बनाउन सरकार लागि परेको अर्थमन्त्री पौडेलको दाबी ।
* अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले टिकटमा गरे अचाक्ली मूल्यवृद्धि / ३ सय प्रतिशतसम्म मूल्य बढ्दा पनि नियामक मुकदर्शक / सिजनमै पर्यटकले गर्न थाले बुकिङ रद्ध ।
* हमासविरुद्ध गाजामा प्यालेष्टिनीको विरोध प्रदर्शन / युद्ध अन्त्यको माग / इजरायली आक्रमणमा ज्यान गुमाउने प्यालेष्टिनीको संख्या ५० हजार नाघ्यो ।
* महिला फुटबलको विकासका लागि छुट्टै कार्यायोजना बनाउने एन्फाको निर्णय / डेढ अर्बभन्दा बढीको बजेट प्रस्ताव / पूर्वअध्यक्ष गणेश थापामाथि कारवाही गर्न फिफालाई पत्राचार गरिने ।