Kantipur Samachar | कान्तिपुर समाचार, २२ माघ २०८१

माघ २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २२ माघ २०८१

आजका मुख्य समाचार,

* सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रको आकर्षण कम / ५० लाख श्रमिक समेट्ने लक्ष्य भए पनि २ वर्षमा जम्मा तीन सय ३६ जना आवद्ध ।

* कानुन छिटो पास गर्न संसद् नियमावली संशोधन तर्कपूर्ण देखिए पनि दुरुपयोग हुने चिन्ता / विधेयकमाथिको छलफलमा सहजीकरण नगर्ने नेतृत्व समय सीमा तोकेर उम्कन खोज्दै ।

* झण्डै १७ लाख बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सुरु / खोप सुरक्षित भएकाले दुविधामा नपर्न सरकारको आग्रह ।

* अमेरिकाले सेनाको विमानमार्फत पठायो दुई सय पाँच जना अवैध भारतीय आप्रवासीलाई फिर्ता / अवैध आप्रवासीलाई स्वीकार गर्न एल–साल्भाडोर तयार ।

* फिल्डिङमा लगातारको कमजोर प्रदर्शनपछि महिला टी-ट्वेन्टी आई त्रिकोणात्मक सिरिजमा नेपालको चौंथो हार / थाइल्यान्डसँग पाँच रनले पराजित भएसँगै उपाधि होडबाट बाहिरियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.