कान्तिपुर समाचार, ०२ पुष २०८१

पुस २, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ०२ पुष २०८१

आजका मुख्य समाचार,

* गिरीबन्धु टी-स्टेटको जग्गा सट्टापट्टाको निर्णय बदर गर्ने सर्वोच्चको फैसला कार्यान्वयन अलपत्र / महान्यायाधिवक्ता कार्यालयले भूमि व्यवस्था मन्त्रालयलाई ६ महिनाअघि पठाएको पत्र नै गायब ।

* सरकारले स्थानीय तहमा कर्मचारी खटाउन नसक्दा सेवा प्रवाहदेखि विकास निर्माणका कामसम्म प्रभावित / २ सय ४९ पालिका निमित्त प्रमुखको भरमा ।

* उमागौरी सहकारी ठगी प्रकरणका २५ फरार प्रतिवादीलाई ३५ दिनभित्र उपस्थित हुन मोरङ अदालतको आदेश / रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न कास्की अदालतको अनुमति ।

* मस्कोमा भएको बम विस्फोटमा रुसी सेनाका वरिष्ठ जनरल इगोर किरिलोभको मृत्यु / युक्रेनी गुप्तचर निकायले लियो विस्फोटको जिम्मा ।

* एनपीएलको विजेतालाई १ करोड १० लाख पुरस्कार / फाइनल प्रवेशका लागि भोलि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा / एलिमिनेटरमा चितवन र कर्णाली भिड्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement