आजका मुख्य समाचार,
* विकास आयोजनामा सरकार र ठेकेदार कम्पनीबीच विवादै-विवाद / मुद्दा जितेका ठेकेदारलाई सरकारले १ अर्बभन्दा बढी तिर्नुपर्ने / भौतिक मन्त्रालयको कार्यसम्पादन टिठलाग्दो ।
* लैंगिक हिंसा अन्त्य गर्न कानुन निर्माण र कार्यान्वयनसँगै सचेतना अभियान जारी / कर्णालीमा मात्रै तीन वर्षमा घरेलु हिंसाका साढे तीन हजार उजुरी ।
* वाइडबडी प्रकरणमा तेस्रो देशबाट घूसबापत कारोबार भएको ४० लाख डलरको विषय पनि अनुसन्धानको घेरामा / दुबई र सिंगापुरमा नेपाली व्यवसायीका कम्पनीबाटै घूसको लेनदेन ।
* दक्षिण कोरियाको सत्तारुढ दल नै राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्तावको पक्षमा उभिने संकेत / फेरि ‘मार्शल ल’ घोषणा हुन सक्ने भन्दै सासंदको संसद् भवनमै धर्ना ।
* एनपीएलमा लुम्बिनी लायन्समाथि पोखरा एभेन्जर्सको १० विकेटको सानदार जित / लिगमा एन्ड्रियस गसको पहिलो सतक / कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हरायो ।