कान्तिपुर समाचार, १३ असोज २०८१

आश्विन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १३ असोज २०८१

आजका मुख्य समाचार

– धादिङको झ्याप्ले खोला पहिरोमा पुरिएका ३५ जनाको शव निकालियो / थप सवारीसाधन पुरिएको आशंकामा खोजी जारी / बाढी पहिरोले मृत्यु हुनेको सङ्ख्या एक सय ७० पुग्यो ।

– देशभर बाढी र पहिरोमा अझै ४२ जना बेपत्ता / मुख्य राजमार्गहरू ठप्प हुँदा ठाउँ-ठाउँमा यात्रु अलपत्र / अस्पताल पुर्‍याउन नपाउँदा बिरामीको एम्बुलेन्समै मृत्यु ।

– बाढी-पहिरोले जनधन र बास गुमाएका नागरिकको बिचल्ली / ऊर्जामा ४ अर्ब र भौतिकमा साढे २ अर्बको क्षति भएको सरकारको अनुमान / पुनर्निर्माण थाल्ने वाचा ।

– हवाई भाडामा एयरलाइन्स कम्पनीको मनोमानीमा नियामक रमिते / काठमाडौं-धनगढीको एकतर्फी भाडा नै १७ हजार/ चर्को विरोधपछि जम्मा ३ दिनका लागि न्यूनतम दर कायम ।

– पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिग भोली सुरु हुँदै / ६ फ्रेन्चाइज टोली सहभागी / उद्घाटन खेलमा ललितपुर क्विन्स र काठमान्डौँ स्पाइकर्स भिड्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.