आजका मुख्य समाचार
– ईपीजी प्रतिवेदन बुझ्न भारतलाई प्रधानमन्त्री ओलीको निरन्तर ताकेता / राजनीतिक तहमा विश्वासको वातावरण नबन्दा प्रतिवेदन ६ वर्षदेखि अलपत्र ।
– निरक्षरता उन्मुलन गर्ने सरकारको लक्ष्य १६ वर्ष बित्दासमेत पूरा हुन सकेन / अझै ६४ लाख नागरिक निरक्षर, सबैभन्दा पछाडि मधेश प्रदेश ।
– पर्यटन क्षेत्रमा लगानी बढे पनि सरकारले प्रचारप्रसार गर्न नसक्दा पर्यटक आगमन र बसाई घट्दो / ८ महिनामा ७ लाख मात्रै नेपाल आए ।
– भेनेजुएलाका विपक्षी नेता गोन्जालेज स्पेनको शरणमा / राष्ट्रपति मडुरोका विरोधी ६ राजनीतिज्ञले शरण लिएको सूचनापछि अर्जेन्टिनी दूतावासमा घेराबन्दी ।
– एन्फा महिला लिगअन्तर्गत तेस्रो चरणको पहिलो खेलमा कोशीले कर्णालीलाई चार-शून्य गोलले हरायो / बागमती प्रदेशमाथि पुलिसको एक-शून्यको जित ।