कान्तिपुर समाचार, २२ साउन २०८१

श्रावण २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २२ साउन २०८१

आजका मुख्य समाचार

– बंगलादेशमा संकट गहिरिएपछि नेपालको सीमा क्षेत्रमा उच्च निगरानी / रोहिंग्या र भुटानी शरणार्थीको नियति दोहोरिन नदिन सचेत / बंगलादेशमा संसद् विघटन ।

– बाग्लुङ, गुल्मी र काभ्रेमा बाढी–पहिरोबाट १३ जनाको मृत्यु / पाँच प्रदेशमा भोलिसम्म भारी वर्षाको पूर्वानुमान / अति जोखिमका ३४ जिल्लामा रात्रि बस नचलाउन आग्रह । 

– अमेरिकी डलरको मूल्य बढ्दा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर / नेपालमा महँगी र व्यापार घाटा बढ्ने जोखिम / विकास निर्माणको लागत पनि महँगिने ।

– सेयर बजार परिसूचक नेप्सेमा १ सय ४५ अंकको गिरावट / कारोबारमा भने नयाँ रेकर्ड / आज एकै दिन २३ अर्ब ७१ करोड बराबरको ५ करोड ३८ लाख कित्ता सेयर किनबेच ।

– इरानलाई सोझो सेटमा हराउँदै नेपाल काभा महिला नेसन्स भलिबल लिगको फाइनलमा / उपाधिका लागि भोलि भारतसँग प्रतिस्पर्धा गर्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement