कान्तिपुर समाचार, १७ साउन २०८१

श्रावण १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १७ साउन २०८१

आजका मुख्य समाचार,

* अठार वर्षदेखि राजनीतिक दाउपेचको विषय बन्दै आएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा ब्रेक थ्रू / पीडितलाई न्यायिक उपचार खोज्ने विकल्पसहित विवादित विषयमा सहमति ।

* पटक-पटकको सहमति कार्यान्वयन नभएपछि राजधानीमा सहकारीपीडितको मानवसाङ्लो / माग सम्बोधनमा सरकार उदासीन / नियमन गर्ने छुट्टै निकाय गठनमा आलटाल ।

* नियमन अभावमा स्वास्थ्य बिमा कार्यक्रम निष्प्रभावी / बिरामीले उपचारसँगै पाउनुपर्ने औषधिसमेत पाएनन् / सरकारले ९ अर्ब भुक्तानी नदिँदा अस्पताल पनि समस्यामा ।

* भारतका विभिन्न स्थानमा भारी वर्षापछि आएको बाढीमा परेर २९ जनाको मृत्यु / तत्कालका लागि केदारनाथ यात्रा स्थगित गर्न सरकारको आग्रह / दिल्लीमा विद्यालय बन्द ।

* काभा महिला नेसन्स लिग भलिबलमा नेपालको सानदार सुरुवात / उद्घाटन खेलमा श्रीलंकामाथि ३-० को जित / भारतले इरानलाई ३-१ ले हरायो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.