कान्तिपुर समाचार, १६ साउन २०८१

श्रावण १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १६ साउन २०८१

आजका मुख्य समाचार

– रवि लामिछाने गृहमन्त्री हुँदा सीआईबी प्रमुखमा लगिएका श्यामलाल ज्ञवाली प्रहरीकै छानबिनको दायरामा / राजनीतिक प्रभावमा काम गरेको आरोप / संसदीय समितिमा प्रश्न । 

– प्रधानमन्त्रीपिच्छे निर्देशनका चाङ / कार्यान्वयन नहुँदा सुशासन र सेवा प्रवाहमा समस्या ज्यूँका त्यूँ / विज्ञ भन्छन्– राजनीतिक र प्रशासनिक नेतृत्वबीचको समन्वयले मात्र परिणाम दिन्छ ।

– वैदेशिक लगानीमा खुलेका कम्पनीले नेपालबाट आकर्षक लाभांश लैजाँदै / प्रचार नहुँदा लगानीको वातावरण छैन भन्ने भ्रम चिर्न सरकार असफल / प्रतिबद्धता बमोजिम लगानी भित्रिएन ।

– इजरायली आक्रमणमा हमास प्रमुख इस्माइल हनिया मारिएपछि विश्व राजनीति तरंगित / बदला लिने इरानको चेतावनी / मध्यपूर्वमा क्षेत्रीय युद्धको त्रास ।

– ब्याडमिन्टनका प्रिन्स दाहाल पेरिस ओलम्पिकको समूह चरणबाटै बाहिरिए / अन्तिम खेलमा इजरायलका मिसासँग सोझो सेटमा पराजित / पदक तालिकामा चीनको अग्रता कायमै ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.