आजका मुख्य समाचार,
* पक्की घरको आश देखाएर महेन्द्रनारायण निधि आवास कार्यक्रममा विपन्नको उठिबास / लाभग्राहीसँग उल्टै ठेकेदारको मनपरि असुली / सरकारी घर पर्खेकाहरुको गोठमा बास ।
* परिणाम देखिने गरी काम गर्न सचिवहरुलाई प्रधानमन्त्री ओलीको सय दिने टार्गेट / नीतिगत उल्झन देखाएर बहानाबाजी नगर्न चेतावनी / भत्तादेखि लाइन कट्टासम्मको निर्देशन ।
* बेथितिले जर्जर त्रिभुवन विश्वविद्यालयमा वित्तीय अनुशासनहिनताको पराकाष्ठा / २६ अर्बको बजेट, बेरुजु भने २८ अर्ब नाघ्यो / तीन वर्षदेखि सम्परीक्षण पनि भएन ।
* भारतको केरलमा बाढीपहिरोमा मृत्यु हुनेको संख्या ९३ पुग्यो / थप १ सय जनाभन्दा बढी पुरिए / मृतकका परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्तिको घोषणा ।
* पेरिस ओलम्पिकमा, नेपालका पौडी खेलाडी अलेक्जेन्डर शाह हिट चरणबाटै बाहिरिए / राष्ट्रिय कीर्तिमानमा भने सुधार / पदक तालिकामा ६ स्वर्णसहित चीनको अग्रता ।