कान्तिपुर समाचार, ६ साउन २०८१

श्रावण ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ६ साउन २०८१

आजका मुख्य समाचार,

* प्रधानमन्त्री ओलीलाई दुईतिहाइभन्दा बढी सांसदको विश्वास / पक्षमा एक सय ८८, विपक्षमा ७४ मत / कांग्रेस-एमालेबीचको सातबुँदे सहमति पनि सार्वजनिक ।

* मानवतस्करीको आरोप लागेकी उपसभामुख रानाको बोली बारम्बार फेरिँदा बढ्यो आशंका / पद छाड्न सत्ता पक्षका सांसदको दबाब / माओवादी र रास्वपाले गरे बचाऊ ।

* बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा / बागमतीमा कांग्रेसका बहादुरसिंह लामा र लुम्बिनीमा एमालेका लीला गिरीको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी ।

* बंगलादेशमा हिंसात्मक आन्दोलन चर्केपछि ८ सय नेपाली स्वदेश फर्किए / विवादित आरक्षण पाँच प्रतिशतमा झार्न बंगलादेशको सर्वोच्च अदालतको आदेश ।

* एसीसी महिला एसिया कपमा नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा जारी / नेपाल ब्याटिङमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.