सिद्धबाबाको सुरुङमार्गको ब्रेक थ्रु चाँडै [भिडियो रिपोर्ट]

श्रावण ४, २०८१ |माधव अर्याल
सिद्धबाबाको सुरुङमार्गको ब्रेक थ्रु चाँडै [भिडियो रिपोर्ट]

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित सिद्धबाबा सुरुङ मार्गमा विस्फोटक पदार्थ प्रयोग गरेर चौबीसै घण्टा खन्न थालिएको छ ।

कुनै समस्या नआए अबको साढे दुईदेखि तीन महिनाभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने तयारी छ । मेसिनबाट मात्र काम गर्दा ढिलाइ भए पनि अहिले विस्फोटक पदार्थ प्रयोग गरेपछि प्रगति बढेको सिद्धबाबा सुरुङमार्ग आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीको दाबी छ ।

उहाँले भन्नुभयो, ‘दिनमा लगभग चारवटा ब्लास्टिङ हुन्छ । रातमा ड्रिलिङ गर्ने र फेस म्यापिङको काम भइरहेको छ ।’

११ सय २६ मिटर मुख्य सुरुङ रहे पनि तीनवटा क्रस प्यासेजसहितको दूरी भने एक हजार ५ सय ६७ मिटर छ ।

विस्तृत भिडियोमा :


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।