कान्तिपुर समाचार, ३ साउन २०८१

श्रावण ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ३ साउन २०८१

आजका मुख्य समाचार,

* न्यूनतम साझा कार्यक्रम बनाउन सत्ता गठबन्धनको छैन सुरसार / सरकार सञ्चालनको खाका नै अस्पष्ट / स्थायित्व, सुशासन र रोजगारीलाई प्राथमिकता दिन विज्ञको सुझाव ।

* त्रिशूलीमा ७ दिनदेखि बेपत्ताहरु जीवितै भेटिने आस गरेका आफन्तको पर्खाइ पीडादायी / भेटिएकै शवको पनि सनाखत हुन नसक्दा व्यवस्थापनमा समस्या ।

* कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको मस्यौदा तयार / सञ्चालक समितिबाट पारित गरी भोलि नै सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी / लचिलो बन्न उद्योगीको सुझाव ।

* आरक्षण खारेजीको माग गर्दै चर्किएको प्रदर्शन हिंसात्मक हुँदा बंगलादेशमा थप ६ जनाको मृत्यु / वार्ताका लागि सरकारले गरेको आह्वान प्रदर्शनकारीद्वारा अस्वीकार ।

* पेरिस ओलम्पिकको तयारीमा रहेका ब्याडमिन्टनका प्रिन्स दाहाल अभ्यासमा व्यस्त / डेब्यू स्मरणीय बनाउने लक्ष्य / प्रशिक्षणका लागि पूर्वाधार भने नपुगेको गुनासो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.