कान्तिपुर समाचार, ०२ साउन २०८१

श्रावण २, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ०२ साउन २०८१

आजका मुख्य समाचार

– सात बुँदे सहमति सार्वजनिक गर्न कांग्रेस–एमालेको अझै आलटाल / सत्तारुढ नेताहरु नै अनभिज्ञ, विपक्षीको आशंका / प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने ।

– सर्वोच्चको आदेशपछि भूमि आयोगलाई सक्रिय बनाउँदै सुकुम्बासी व्यवस्थापन गर्ने सरकारको तयारी / घोषणा भएको २४ वर्षसम्म पनि पाएनन् मुक्त कमैयाले परिचयपत्र ।

– बजारमा मनपरी मूल्यवृद्धि / बाढीपहिरोको बहानामा दैनिक उपभोग्य वस्तुको भाउ आकाशिँदा पनि छैन सरकारी हस्तक्षेप / उपभोक्ता गुणस्तरमा समेत ठगिँदै ।

– आरक्षण खारेजीको माग गर्दै बंगलादेशमा हिंसा चर्किएपछि शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द / अत्यावश्यक बाहेक बाहिर ननिस्कन नेपाली विद्यार्थीलाई दूतावासको आग्रह ।

– महिला लिगका लागि एन्फाद्वारा २ करोड २४ लाखको बजेट पारित / भदौमा हुने प्रतियोगितामा १० टिम सहभागी हुने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement