आजका मुख्य समाचार,
* नेपाली क्रिकेट टोलीले दश वर्षपछि पाएको अवसरको सदूपयोग गर्न सकेन / लगातार हारपछि टी-ट्वेन्टी विश्वकपबाट बाहिरियो / सानदार बलिङ प्रदर्शनको भने प्रशंसा ।
* गठबन्धनका शीर्ष नेताहरुबीचको असन्तुष्टि छताछुल्ल / प्रधानमन्त्रीमाथि दबाब बढाएर लाभका पदमा बार्गेनिङ गर्ने एमाले र रास्वपाको रणनीति / दाहाललाई जवाफ दिँदै ठिक्क ।
* मनसुन सुरु भइसक्दासमेत विपद्को सम्भावित क्षति रोक्ने पूर्वतयारी फितलो / सिन्धुपाल्चोकमा मात्रै १८३ बस्तीका २५ हजार मानिस प्रभावित हुने आकलन ।
* प्रदेशका बजेटमा राजनीतिक पहुँच र दबाबमा नयाँ कार्यक्रम / संघीयता कार्यान्वयनका लागि सहयोगी बजेट आउन नसकेको विज्ञको भनाइ ।
* इजरायलको युद्ध मन्त्रिपरिषद् विघटन / युद्धको सम्पूर्ण अधिकार अब प्रधानमन्त्री र रक्षामन्त्रीको हातमा / बन्धकको रिहाइ सुनिश्चित गर्न भने नेतन्याहुमाथि दबाब ।