कान्तिपुर समाचार, २ असार २०८१

असार २, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २ असार २०८१

आजका मुख्य समाचार,

* देशभर मनसुन सक्रिय हुन अझै एक साता लाग्ने / पूर्वतयारी कमजोर हुँदा पूर्वीपहाडमा मनसुनको सुरुमै क्षति / बाढीपीडित एक वर्षदेखि पुनर्स्थापनाको पर्खाइमा ।

* देशभर पानीको समस्या चुलिँदै / चुरे क्षेत्रमा ७९ प्रतिशत पानीका मुहान सुके / काठमाडौंमा माग सुनुवाइ नभएपछि सिरहामा प्रधानमन्त्रीको कार्यक्रममै गएर चुरे अभियन्ताको विरोध ।

* लोकतन्त्रका पहरेदार मानिएका दलहरुकै चरित्र अलोकतान्त्रिक / नेतृत्वको खराब कामको आलोचनादेखि समयमा महाधिवेशन गर्नसमेत असफल / वैकल्पिक भनिएकाको पनि पुरानै ढर्रा ।

* गाजाका ५० हजारभन्दा बढी बालबालिकालाई तत्काल गम्भीर कुपोषणको उपचार आवश्यक रहेको राष्ट्रसंघको भनाइ / सहायता सामग्री पुर्याउने प्रयास भइरहे पनि अवस्था भयावह ।

* टी-ट्वेन्टी विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले भोलि बिहान बंगलादेशको सामना गर्ने / टेस्ट राष्ट्रलाई हराउँदै प्रतियोगिताको सुखद् अन्त्य गर्ने नेपालको लक्ष्य ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.