आजका मुख्य समाचार,
* संघीयता र निर्वाचन प्रणाली परिवर्तनको बहस नेताका गल्ती ढाकछोप गर्ने बहाना / संविधानमा जीवन भर्नुको सट्टा अक्षर फेर्ने कसरत / नेतृत्व नसुध्रेसम्म स्थायित्व नहुने ।
* माओवादीबाट निर्वाचित देवकोटाले ‘फ्लोर क्रस’ गरेपछि गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत / कारबाही गर्ने माओवादीको चेतावनी / अविश्वासका बीच सुदूरपश्चिममा सरकार विस्तार ।
* विगतका सहमति शीघ्र कार्यान्वयन गर्न भारत सकारात्मक रहेको प्रधानमन्त्री दाहालको भनाइ / सार्कलाई प्रभावकारी बनाउन मोदीको ध्यानाकर्षण / सरकार पूरै कार्यकाल टिक्ने दाबी ।
* जसपा नेपालको पहिलो महाधिवेशनमा १३ सयभन्दा बढी प्रतिनिधि सहभागी / मधेस आन्दोलनबाट उदाएका अध्यक्ष उपेन्द्र यादवको राजनीतिक यात्रा भने खुम्चिँदै ।
* सप्तरी प्रिमियर लिगको उपाधि तिरहुत टाइगर्सलाई / छिन्नमस्ता लायन्स ३१ रनले पराजित / बसिर अहमद उत्कृष्ट खेलाडी घोषित ।