आजका मुख्य समाचार,
* सगरमाथा आधार क्षेत्रमा जलवायु परिवर्तनको गम्भीर असर / हिउँ पग्लिएर बन्न थाले डरलाग्दा खाल्डा र खोला / घाँसेमैदान हिमतालमा परिणत ।
* सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेशमा दलहरुबीच अझै सहमति जुटेन / रवि लामिछानेको नामलाई लिएर विवाद / शीर्ष नेताहरुसँगको बैठक पनि निष्कर्षविहीन ।
* राजस्व बढाउने नाममा बजेटमार्फत मध्यमवर्गलाई भार थपिँदै / कृषिजन्य वस्तु र विद्युतीय सवारीसाधन आयातमा करको सीमा बढाउने तयारी / विज्ञ भन्छन्- चालु खर्च घटाऊ ।
* चीनसँग सीमा जोडिएको संखुवासभाको किमाथांकासहित उत्तरका १४ नाका आजदेखि खुला / थप सात नाका खोल्न चीन सहमत ।
* टी-ट्वेन्टी विश्वकपको तयारी स्वरुप नेपालले आज अमेरिकामा अन्तिम अभ्यास खेल खेल्दै / सोमबार क्यानडासँग र अमेरिकासँग मंगलबार वार्मअप म्याच ।