आजका मुख्य समाचार
* कान्तिपुर अध्यक्ष सिरोहियाको गिरफ्तारीप्रति एमनेस्टी इन्टरनेसनलको आपत्ति / कडा प्रतिरोध गर्न आह्वान / प्रतिशोध साँध्नुको कारणबारे प्रधानमन्त्रीसँग कांग्रेसले माग्यो जवाफ ।
* सरकारले सहमति कार्यान्वयन नगरेपछि सहकारीपीडित फेरि आन्दोलित / बचत रकम फिर्ता माग्दै काठमाडौँसहित प्रमुख सहरमा प्रदर्शन / छाक टार्न र उपचार गर्नसमेत नपाएको गुनासो ।
* सहकारी ठगी छानबिनमा रवि लामिछानेको नाम राख्ने-नराख्ने विवाद अझै सुल्झेन / कांग्रेसको अवरोधले संसद आज पनि ठप्प / सरकारले पेलेरै अघि बढ्न खोजेको विपक्षीको आरोप ।
* गाजाको रफाहमा तत्काल आक्रमण रोक्न इजरायललाई अन्तर्राष्ट्रिय अदालतको आदेश / मानवीय सहयोग नपुगेको भन्दै ध्यानाकर्षण ।
* टी-ट्वेन्टी विश्वकपको तयारीका लागि अमेरिकामा रहेको नेपाली टिमले आज ह्युस्टन हरिकेन्ससँग अभ्यास खेल खेल्दै / चोटका कारण दीपेन्द्रसिंह ऐरीले आजको खेल गुमाउने ।