कान्तिपुर समाचार, ३० वैशाख २०८१

वैशाख ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ३० वैशाख २०८१

आजका मुख्य समाचार,

* एमाले र माओवादी बाहिरिएपछि मधेश सरकार अल्पमतमा / संघीय सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी / एकीकृत समाजवादी पनि असन्तुष्ट / संसद्को गतिरोध हटाउन जुटेन सहमति ।

* त्रिभुवन विश्वविद्यालयको हडपिएको जग्गा तत्काल फिर्ता गर्न संसदीय समितिको निर्देशन / राजनीतिक पहुँच छुटाउन नसक्ने भन्दै छानबिन समिति बनाइदिन सरकारसँग त्रिविको हारगुहार ।

* नीतिगत स्थायित्व दिने बजेट ल्याउन निजी क्षेत्रको सुझाव / कसैलाई काखापाखा नगर्ने अर्थमन्त्रीको प्रतिबद्धता / गभर्नर भन्नुहुन्छ- ‘अर्थतन्त्र शिथिल हुनुमा राष्ट्रबैंकको भूमिका छैन ।’

* भारतमा लोकसभा निर्वाचनअन्तर्गत भोलि चौथो चरणको मतदान / ९ राज्य र एक केन्द्रशासित प्रदेशका ९६ सिटमा प्रतिस्पर्धा हुने ।

* पेरिस ओलम्पिकका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट भोलिदेखि काठमाडौंमा / २ स्थानका लागि पाँच देशका १८ खेलाडीले प्रतिस्पर्धा गर्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.