आजका मुख्य समाचार,
* सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई ४ लाख धरौटीमा छाड्न अदालतको आदेश / अध्यक्ष ओमप्रकाश गुरुङ थुनामा / ६ हजारभन्दा बढी बचतकर्तालाई रकम डुब्ने त्रास ।
* पढाउने जिम्मेवारी बिर्सेर शिक्षकहरु राजनीतिकै पछिपछि / ७० हजार शिक्षक दलकै कार्यकर्ता / कारबाही गर्ने मन्त्रीको चेतावनीप्रति उल्टै आपत्ति ।
* जनमतमा ढलेका दल शासन-सत्ताको शिरमा / तीनपटक समीकरण फेरिँदासमेत संघीय सरकारको नेतृत्वमा तेस्रो दल / प्रदेशमा पनि साना दलकै हालीमुहाली ।
* भारतमा लोकसभा निर्वाचनअन्तर्गत २१ राज्यमा मतदान / ६० प्रतिशत मत खसेको निर्वाचन आयोगको भनाइ / छत्तीसगढ, मणिपुर र पश्चिम बंगालमा झडप ।
* नेपाल एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो / यूएईसँग ६ विकेटको हार / उपाधिका लागि यूएई र ओमानबीच प्रतिस्पर्धा हुने ।