आजका मुख्य समाचार
– पाँच हजारभन्दा बढी मुक्त कमैया परिवारले २३ वर्ष बित्दा पनि पाएनन् आवास निर्माणको १० हजार अनुदान / अभिलेखलाई बहाना बनाएर सरकारी निकायले गरे लापर्बाही ।
– सत्ता स्वार्थले सुशासनको उपहास / सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न चौतर्फी दबाब बढ्दा पनि सरकार उदासीन / अनुसन्धानका निकाय समेत निरिह ।
– नेपाललाई लगानीको गन्तब्य बनाउने लक्ष्य पूरा गर्न नीतिगत सुधारलाई प्राथमिकता दिन विज्ञको जोड / उद्योगी व्यवसायीको मनोबल बढाउन सुझाव ।
– भारतमा बीजेपीले लगातार तेस्रो पटक पनि सरकार बनाउने आकलन / कांग्रेस गठबन्धनको पनि सिट बढ्ने प्रक्षेपण / शुक्रबार मतदान हुने क्षेत्रमा प्रचारप्रसारमा रोक ।
– एसीसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित / समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई ६ विकेटले हरायो / सेमिफाइनलमा यूएईसँग खेल्ने ।