सुरु भयो ‘टनेल युग’ (स्थलगत रिपोर्ट)

वैशाख ३, २०८१ |विकास आचार्य|श्याम श्रेष्ठ
सुरु भयो ‘टनेल युग’ (स्थलगत रिपोर्ट)

काठमाडौं । काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङको मुख्य टनेलको ब्रेक थ्रु भएको छ ।

२ दशमलव ६ किलोमिटरको मुख्य सुरुङ आज प्रधानमन्त्री पुष्पकमल दाहाल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विद्दुतीय स्विच थिचेर ‘ब्रेक थ्रु’ गरेका हुन् । निर्माण व्यवसायी हाजमा एन्डो कर्पोरेसन जापानले सन् २०१९ मा ठेक्का लिएको यो सुरुङको काम गत वर्ष सकिसक्नुपर्ने थियो । तर, विभिन्न कारण देखाउँदै एक वर्ष म्याद थप गरियो ।

थपिएको समयावधिमा पनि मात्रै सुरुङ खन्ने काम सकिएको हो । यो सुरुङ नियमित भएपछि २.८ किलोमिटर दूरी घट्नुका साथ साथै काठमाडौंतर्फ आउँदा ३३ र बाहिरिँदा २३ मिनेट समयको बचत हुनेछ । टनेलको ब्रेक थ्रु गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले अब टनेल युगको सुरुवात भएको जनाएका थिए ।

विस्तृत भिडियोमा :

यो पनि...

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग छिचोलियो (फोटो फिचर)


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।

Image

श्याम श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका वरिष्ठ क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement