आजका मुख्य समाचार
– त्रिभुवन विश्वविद्यालयको जग्गामा दाताकै सन्तानको मिलेमतोमा भू-माफियाको रजाइँ / सर्वोच्चको फैसला अटेरी गर्दै नैकापको १ सय २५ रोपनीमा बस्ती / संरक्षणमा हेलचेक्र्याइँ ।
– पोषणमा बर्षेनि डेढ अर्ब खर्च हुँदा पनि प्रतिफल निराशाजनक / मधेशमा मात्रै ६६ प्रतिशत बालबालिकामा कुपोषण / बजारीया खानाले कम तौल र पुड्कोपनको समस्या ।
– कर्णाली र गण्डकीमा मुख्यमन्त्रीको राजीनामापछि नयाँ सरकार गठनको आह्वान/ २७ गतेसम्म बहुमतीय सरकार गठनको समयसीमा/ गण्डकीमा बहुमत जुटाउन सकस ।
– ताइवानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या नौ पुग्यो / ८ सयभन्दा बढी घाइते / भग्नावशेषमा पुरिएकाहरुको उद्धार जारी ।
– नेपाल, भारतमा जारी एसएमएस फ्रेन्डशीप कप टी-ट्वेन्टी क्रिकेटको फाइनलमा / गुजरातमाथि ८ रनको जित / आशिफ र कुशलको अर्धशतक ।