काठमाडौं । धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ राई तीन दिनदेखि काठमाडौंमा छन् । उनले योबीचमा प्रधानमन्त्री, गृहमन्त्रीसहित आधा दर्जनबढी मन्त्रीसँग भेटेर धरानका लागि योजना माग गरेका छन् ।
मेयर साम्पाङले संघीयतामा पनि सिंहदरबारमा योजना माग गर्न आउनु पर्दा दुःख लागेको बताएका छन् । उनले नामको मात्र संघीयता आएको भन्दै गुनासो गरे । मेयर साम्पाङले यसपटक पनि कोशीको पानी धरान ल्याउन विशेष पहल गरेको दाबी गरेका छन् ।
विस्तृत भिडियोमा :