काठमाडौं । मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसदले उभिएर विरोध जनाए । त्यसपछि आफ्नो भनाइ राख्न पाएका कांग्रेस सांसद रामकृष्ण यादवले सहकारी ठगीमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग दोहोर्याए ।
सांसद यादवले सहकारीको पैसा अपलचनको प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका डीपी अर्यालको पनि नाम जोडिएको प्रसंग उठाएका छन् । सहकारीमा विश्वास गरेका लाखौं वचतकर्ताको रकम डुब्ने अवस्था आउन नदिन पनि निष्पक्ष छानबिन गर्न संसदीय समिति आवश्यक रहेको यादवको भनाइ थियो ।