आजका मुख्य समाचार
– झापाको दमकस्थित जग्गा हिनामिना गरेको आरोपमा ३ सय ५९ जनाविरुद्ध २ वटा मुद्दा दायर/ ४७ विगाहाभन्दा बढी सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अख्तियारको दाबी ।
– मिटरब्याजपीडित काठमाडौं आएको पाँच दिनपछि सरकारले थाल्यो वार्ता / गृहमन्त्रालयमा वार्ता जारी/ माग पूरा नभएसम्म नफर्कने पीडितको अडान ।
– निर्णय गर्ने प्रक्रियाबाटै पन्छिँदै कर्मचारी/ राजनीतिक नेतृत्व र कर्मचारीबीच आरोप-प्रत्यारोप/ कार्यसम्पादनमा असर ।
– प्रमुख दलहरुमा पुस्तान्तरणको प्रयास बहसमै सीमित/ दोस्रो पुस्ताका नेतामा समेत नेतृत्वलाई रिझाउने र पालो पर्खने प्रवृत्ति ।
– आइसीसी विश्वकप लिग टुको घरेलु सिरिजमा नेपालको खराब प्रदर्शन/ कमजोर ब्याटिङका कारण नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित/ चार खेलमा मात्र दुई अंक ।