नेपालमा आर्थिक, नीतिगत र नैतिक भ्रष्टाचार व्याप्त छ । नैतिक रुपमा ठीक नेतृत्वले नीतिगत चलखेल गर्दैन र आर्थिक भ्रष्टाचार हुँदैन । यो कुरा व्यवहारमा गर्ने हो । भाषणले मात्रै देशमा भ्रष्टाचार कम हुँदैन ।
नेपालमा एकै वर्षमा भ्रष्टाचारका झन्डै २१ हजार उजुरी पर्ने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्यांक छ । मुलुकमा बढ्दो भ्रष्टाचार र अख्तियारको भूमिकाका विषयमा प्रस्तुत छ- कान्तिपुर टेलिभिजनले नीति अनुसन्धान प्रतिष्ठानका पूर्वअध्यक्ष विष्णुराज उप्रेतीसँग गरिएको कुराकानी ।
विस्तृत भिडियोमा :