कान्तिपुर समाचार, २२ मंसिर २०८०

मंसिर २२, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २२ मंसिर २०८०

आजका मुख्य समाचार

* रुसी सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमा खटाइएका नेपालीले गरे जीवन रक्षाको याचना / परिवारका सदस्य पनि दूतावासदेखि प्रहरीसम्म धाउँदै ।

* हमासको नियन्त्रणमा रहेका विपिन जोशीलाई छुटाउन सरकारले फेरि कतारलाई आग्रह गर्ने / इजरायली अधिकारीसँग परराष्ट्रमन्त्रीको संवाद / प्रधानमन्त्री भन्छन्- अधिकतम पहल जारी छ ।

* सरकार र व्यापारीका सुझाव समेटेर राष्ट्र बैंकले गर्‍यो मौद्रिक नीतिको समीक्षा / घरजग्गा र सेयर कारोबार चलायमान बनाउने प्रयास / अर्थतन्त्रमा सुधार आउने अपेक्षा ।

* गाजामा मानवीय संघर्ष विरामसम्बन्धी प्रस्तावमा छलफल गर्न राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बस्दै / मानवीय क्षति न्यून गर्न इजरायललाई अमेरिकाको आग्रह ।

* अन्डर नाइन्टिन एसिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित / अफगानिस्तानमाथि भारतको सहज जित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.