आजका मुख्य समाचार,
* एनसेल प्रकरण सरकारी छानबिनमा / पूर्वमहालेखापरीक्षक शर्माको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय समिति गठन / सेयर खरिद-बिक्री रोक्न उच्च अदालतको अल्पकालीन आदेश ।
* नेतृत्वकै कार्यशैलीले प्रमुख दलहरु अव्यवस्थित / कांग्रेसले लागु गर्न सकेन वार्षिक कार्यतालिका / माओवादीको विशेष महाधिवेशन नै अनिश्चित ।
* विश्वकै उत्कृष्ट गन्तव्य अन्नपूर्ण क्षेत्र पर्यटकको रोजाइमा / एकै वर्षमा पुगे अहिलेसम्मकै धेरै, २ लाख पर्यटक / पोखराको पर्यटनसमेत चलायमान ।
* इजरायल-हमास युद्धको दुई महिना पूरा / गाजाको जबालिया शरणार्थी शिविर पछिल्लो निशानामा / राष्ट्रसंघ बडापत्रको धारा-९९ क्रियाशील पारेपछि महासचिव गुटेरेससँग इजरायल रुष्ट ।
* नेपाली क्रिकेटको उमेर समूहले पनि भारत र पाकिस्तानसँग खेल्दै / यूएईमा भोलि सुरु हुने अन्डर नाइन्टिन एसियाकपको अन्तिम तयारीमा नेपाल ।