कान्तिपुर समाचार, ०३ मंसिर २०८०

मंसिर ३, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ०३ मंसिर २०८०

आजको मुख्य समाचार

– मिथिलाञ्चलसहित देशका विभिन्न स्थानमा छठको रौनक/ मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइयो/ भोलि उदाउँदो सूर्यको पूजाअर्चनापछि समापन हुने ।

– धेरै कमाइको लोभ देखाएर अवैध रुपमा विदेश पठाउने क्रम बढ्दो/ ८ हजारभन्दा बढी युवा युरोप-अमेरिका छिर्ने मार्गमा/ नागरिकमा सचेतना बढाउन पहलै भएन ।

– शिक्षा विधेयक पारित नभएपछि यस वर्ष पनि केन्द्रीकृत रूपमै एसईई सञ्चालन गर्ने परीक्षा बोर्डको तयारी/ कार्यपालिका सार्वजनिक/ प्रश्न पत्र निर्माण प्रक्रिया सुरु । 

– गाजाको अल–शिफा अस्पताल मृत्यु क्षेत्रमा परिणत भएको विश्वस्वास्थ्य संगठनको निष्कर्ष/ ३ सय गम्भीर बिरामी अझै अस्पतालमा/ युद्धविराम गर्न पुनः आह्वान ।

– एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा जारी/ अस्ट्रेलिया, भारतले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याउँदै ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.