कान्तिपुर समाचार, १२ असोज २०८०

आश्विन १२, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १२ असोज २०८०

आजको मुख्य समाचार :

* राष्ट्र प्रमुखका रुपमा रहने राष्ट्रपतिको भूमिका विवादमा / सरकार र राजनीतिक दलको प्रभावमा पर्दा बारम्बार संविधान उल्लंघन / विज्ञ भन्छन्- संवैधानिक दायित्व बिर्संदा समस्या ।

* एमालेमा नेतृत्वप्रतिको असन्तुष्टि प्रदेश अधिवेशनमा छताछुल्ल / केन्द्रकै निर्देशनको अवज्ञा / अध्यक्ष ओलीको एकलौटी निर्णय गर्ने प्रवृत्तिलाई चुनौती ।

* देशभरका २८० वटा खानेपानी आयोजना लथालिङ्ग / पानीको समस्या चुलिँदा पनि सरकार उदासीन / मधेसका अधुरा योजना सक्न मात्रै ३ अर्ब चाहिने ।

* पाकिस्तानको बलुचिस्तान र खैबर प्रान्तमा भएका बिस्फोटमा ५७ जनाको मृत्यु / १ सयभन्दा बढी घाइते / बलुचिस्तानमा आपतकालसँगै तीनदिने शोक घोषणा ।

* एसियाडमा पदकको आशा गरिएको नेपाली पब्जी टिम सेमिफाइनल प्रवेश / ब्याडमिन्टनमा प्रिन्स असफल हुँदा एथ्लेटिक्समा पनि कमजोर प्रदर्शन / चीनले सय स्वर्ण कटायो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.